शेयर कारोवारमा लाग्ने लाभकरको अन्योल केहि दिनभित्र अन्त्य हुन्छ: राजश्व सचिव

Aug 29, 2018 Merolagani

राजस्व सचिव शिशिर ढुंगानाले पूँजीगत लाभकरका बिषयमा सेयर बजारका लगानीकर्ताहरुमा देखिएको अन्यौल चाँडै हटाइने बताएका छन् । लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै सचिब ढुंगानाले  उक्त जानकारी गराएका हुन ।

भेटमा सहभागी फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले शेयर बजारमा कर बिषयमा रहेको अन्योल पाँच दिनभित्र अन्त्य गरिने जानकारी राजश्व सचिव ढुंगानाले बताएको मेरो लगानीलाई जानकारी दिए ।

उनका अनुसार बोनस र हकप्रदमा शेयरमा लाग्ने पूँजीगत लाभकर पनि लगानीकर्तालाई मार नपर्नेगरी लागू गरिने अर्थमन्त्रालयको योजना छ । शेयर कारोवारमा व्यक्तिगत रुपमा लाग्ने ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर भएको परिपत्र केहिदिन भित्र जारी हुने समेत ढुंगानाले बताए । 

नयाँ आर्थिक बर्ष सुरु भएको डेढ महिना बित्दा समेत पूँजीबजारले राम्रो लय नलिएपछि फोरमले अर्थ सचिवलाई ज्ञापनपत्र दिएको हो । पूँजीबजारमा लाग्ने लाभकरका बिषयमा लगानीकर्तामा अन्यौल कायमै रहेपछि सोको स्थायी निराकरणको माग गर्दै फोरमका प्रतिनिधिहरु अर्थमन्त्रालय पुगेका हुन । उनीहरुका अनुसार कर अन्यौल पनि बजार नबढने कारण हो ।

इन्भेष्टर्स फोरमले बुधबार बुझाएकां धेरै मागहरु पहिलादेखि नै उठाएका मागहरु छन । पूर्ण अनलाइन कारोबार प्रणलीलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने, कर विवादलाई निराकरण गर्नुपर्ने, लाभकर निर्धारण समितिमा लगानीकर्ताहरुको प्रतिनिधित्व गराउनु पर्ने र सुचीकृत कम्पनीहरुको मूल्य सहितको खरिद बिक्री देखिने सफ्टवेयरको विकास गर्नुपर्ने लगायतका माग फोरमले राखेको छ । 

यस्तै गैरआवसिय नेपालीहरुलाई पूँजी बजारमा प्रवेश गराउन आवश्यक कानुनको निमार्ण गर्नुपर्ने, धितोपत्र बोर्ड, नेप्से, सिडिएससिको क्षमता अभिवृद्धि गरी प्रविधिमैत्री बनाउनु पर्ने, लगानीकर्ताहरुलाई सचेतनामुलक कार्यक्रम संचालन गर्ने माग समेत फोरमले गरेको छ । 

शेयर कर्जामा लगाएको पूँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्न र शेयर धितो कर्जाको सिमा बजार मूल्यको ८० प्रतिशत पुर्याउन पनि फोरमले माग गरेको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।