शेयर बजारमा सामान्य सुधार, कारोबार २८ करोडमा खुम्चियो

Jul 14, 2019 03:46 PM merolagani



आइतबारको शेयर बजारमा सामान्य सुधार आएको छ । करिब एक अंकले बढेको बजारमा २८ करोड बढीको शेयर किनबेच भयो । वाणिज्य बैंक लगायत अधिकांस समूहको सूचक बढ्न नसकेपछि शेयर बजार सामान्य रह्यो ।

नेप्से परिसूचक झण्डै १ अंकले घटेर १२४९।४९ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १८ करोड रुपैयाँले घटेको छ । आइतबार १६१ वटा कम्पनीको २८ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । बुधबार ४६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्से स्थिर रहे पनि कारोबार रकम घट्दै जानु राम्रो कुरा होइन ।

शेयर लगानीकर्ता राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहँदा बजार सामान्य रह्यो ।

यस दिन नागरिक लगानी कोषको सबैभन्दा धेरै २ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने मेगा बैंकको संस्थापक शेयरको पनि २ करोड १८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

त्यसैगरि नविल बैंकको २ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्स, सिभिल बैंक र चिलिमे हाइड्रोपावरको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।

आइतबार माहुलि लघुवित्तको शेयरको माग बढेर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ८७ रुपैयाँले बढेर ९६६ रुपैयाँपुगेको छ । त्यस्तै नविल इक्वीटि फण्डको मुल्य ७.३८ प्रतिशतले बढेको छ भने पञ्चकन्यमाइ हाइड्रोपावरको ५.८८, समिट माइक्रोफाइनान्सको ३.४० प्रतिशतले बढेको छ ।

त्यसैगरी यस दिन मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ । अरुण काबेली हाईड्रोपावरको शेयरमुल्य ६.२५ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयरमुल्यपनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आइतबार कारोबारमाआएका ११ उपसमुहमध्य ५ वटा उपसमूह नकारात्मक देखिए भने बाँकि ६ वटा समुह सकारात्मक देखिएका छन । सो दिन होटल समुह सबैभन्दा धेरै ०.५९ प्रतिशतले बढेको छ ।





धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।