शेयर बजारमा सामान्य सुधार, कारोबार २८ करोडमा खुम्चियो

Jul 14, 2019 03:46 PM merolagani



आइतबारको शेयर बजारमा सामान्य सुधार आएको छ । करिब एक अंकले बढेको बजारमा २८ करोड बढीको शेयर किनबेच भयो । वाणिज्य बैंक लगायत अधिकांस समूहको सूचक बढ्न नसकेपछि शेयर बजार सामान्य रह्यो ।

नेप्से परिसूचक झण्डै १ अंकले घटेर १२४९।४९ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १८ करोड रुपैयाँले घटेको छ । आइतबार १६१ वटा कम्पनीको २८ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । बुधबार ४६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्से स्थिर रहे पनि कारोबार रकम घट्दै जानु राम्रो कुरा होइन ।

शेयर लगानीकर्ता राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहँदा बजार सामान्य रह्यो ।

यस दिन नागरिक लगानी कोषको सबैभन्दा धेरै २ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने मेगा बैंकको संस्थापक शेयरको पनि २ करोड १८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

त्यसैगरि नविल बैंकको २ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्स, सिभिल बैंक र चिलिमे हाइड्रोपावरको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।

आइतबार माहुलि लघुवित्तको शेयरको माग बढेर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ८७ रुपैयाँले बढेर ९६६ रुपैयाँपुगेको छ । त्यस्तै नविल इक्वीटि फण्डको मुल्य ७.३८ प्रतिशतले बढेको छ भने पञ्चकन्यमाइ हाइड्रोपावरको ५.८८, समिट माइक्रोफाइनान्सको ३.४० प्रतिशतले बढेको छ ।

त्यसैगरी यस दिन मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ । अरुण काबेली हाईड्रोपावरको शेयरमुल्य ६.२५ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयरमुल्यपनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आइतबार कारोबारमाआएका ११ उपसमुहमध्य ५ वटा उपसमूह नकारात्मक देखिए भने बाँकि ६ वटा समुह सकारात्मक देखिएका छन । सो दिन होटल समुह सबैभन्दा धेरै ०.५९ प्रतिशतले बढेको छ ।





अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।