बिग मर्जरको चर्चाले बाणिज्य बैंकहरुको कारोबार बढ्यो, नेप्से १५ अंक उक्लियो

Jul 03, 2019 04:10 PM merolagani



बिग मर्जरको चर्चाले शेयर बजारमा बाणिज्य बैंकहरुको शेयर कारोबार बढेकोे छ । अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य बढेर उच्च कारोबार हुँदा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

साताको चौथो दिन बुधबार कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले बढेर ५५ करोड रुपैयाँ पुगेको छ भने नेप्से परिसूचक पनि १५.६२ अंकले बढेर १२६८.६८ विन्दुमा पुगेको छ ।

सो दिन नेपाल बैंकको शेयरमूल्य बढेर सबैभन्दा बढि कारोबार भयो । नेपाल बैंकको सबैभन्दा धेरै ४ करोड ५३ लाख रुपैयाँ शेयर किनबेच भयो ।

यस्तै सेञ्चुरी कमर्शियल बैंक, मेगा बैंक, प्रभु बैंक र सिभिल बैंकको पनि ३ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार भएको छ । बुधबार उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा बाणिज्य बैंक रहेका छन ।

बुधबार लघुवित्त कम्पनीहरुको शेयरमूल्यउच्च रुपले बढेको छ । सो दिन सुर्योदय लघुवित्तको शेयरमुल्य ८.१० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्तको शेयर मूल्य पनि ६.७६ प्रतिशतले बढेको छ । त्यस्तै गणपति माइक्रोफाइनान्सको शेयरमूल्य झण्डै ६ प्रतिशतले बढेको छ । प्रोडेन्सियल इन्स्योरेन्स, रिडि हाइड्रोपावर फस्र्ट माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र बेष्ट फाइनान्सको शेयमूल्यपनि ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

त्यसैगरी रिलायन्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ भने ङादिग्रुपपावर,युनियन हायड्रोपावर र रैराड. हाइड्रोपावरको शेयरमुल्यपनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बुधबार कारोबारमाआएका सबै उपसुचक सकारात्मक बन्दा लगानीकर्ता थप आशाबादि बनेका छ । सो दिन निर्जिवन बीमा र माइक्रोफाइनान्सको उपसूचक सबैभन्दा धेरै १.५७ प्रतिशतले बढेको छ भने जिवन बीमा उपसमूहपनि १.५७ प्रतिशतले बढेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।