असार मसान्तको चटारो टरेपछि शेयर बजारमा सुधारको संकेत

Jul 15, 2019 03:28 PM merolagani



चालु आर्थिक बर्ष सकिनै लाग्दा शेयर बजारमा सुधारको क्रम सुरु भएको छ । सरकारलाई कर र बैंकलाई ब्याज बुझाउने चटारो टरेपछि शेयर लगानीकर्ता शेयर बजारमा व्यस्त हुन थालेका छन् । जसले गर्दा सूचक र कारोबार रकममा सुधार देखिन थालेको छ ।

आइतबार करिब एक अंकले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार ५ अंक बढीले उकालो लागेको छ । सोमबार नेप्से ५.०८ अंकले बढेर १२५४.५६ अंकमा पुगेको छ ।

यसदिन बजारमा १७० कम्पनीका शेयर ४३ करोड बढीमा कनिबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ करोडले बढेको छ ।

सोमबारको बजारमा कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहेका छन् ।

४३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा नेपाल बैंकको मात्र पाँच करोड २१ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै शिभम् सिमेन्टको ३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

 

यसदिन स्वदेशी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले बढेको छ । नबिल बैंकको सबैभन्दा धेरै तीन प्रतिशत बढीले घटेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।