अनलाइन शेयर कारोबारको भुक्तानी पनि अनलाइनबाटै

Jul 05, 2019 04:47 PM merolagani



अनलाइन शेयर कारेबारको भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ । अनलाइन शेयर कारेबारका लागि नेप्सेले आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, एनसीएचएस आइपिएस तथा कनेक्ट आईपीएसको सिस्टममा पूर्ण रुपमा ईन्टिग्रेट गरेपछि यो संभव भएको हो ।

लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी समेत लिन पाउनेछन् ।

लगानीकर्तालाई टिएमएस लगइन (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपीएस कम्तिमा एउटा बैंक खातासँग लिंक भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आइपीएस भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात ब्रोकरलाई टिएमएसमा उपलब्ध च्यानल मार्फत प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ ।

भुक्तानीका लागि कनेक्ट आईपीएस चयन गरेपछि लगानीकर्ताहरुले कनेक्ट आईपीएस पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिंक गरिएको बैंक खातावाट फण्ड लोड गर्न सकिनेछ । त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिंक गरिएको लगानीकर्ताको बैंक खातामा आईपीएस प्रणाली मार्फत सिधैं भुक्तानी गर्न सकिनेछ ।

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।

हाल कनेक्ट आईपीएस इपेमेन्ट प्रणलीमा ५० भन्दा बढि र एनसीएचएल आईपीएस प्रणालीमा ७६ वटा वित्तीय संस्थाहरू सदस्यता भैसकेका छन् । कनेक्ट आईपीएस इपेमेन्ट रियल टाइम रिटेल भुक्तानी प्रणाली हो जसको कारोबार सिमा प्रति बैंक १० लाख रुपैयाँ सम्म रहेको छ । एनसीएचएल आईपीएस स्वचालित क्लियरिङ्ग हाउस प्रणाली हो जसले बल्क तथा अन्य भुक्तानी कारोबारहरु २० करोड रुपैयाँ सम्म गर्न सकिन्छ ।




गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।