आँधिखोला लघुवित्तको शेयर सोमबार बाँडफाँड हुने

Jul 14, 2019 04:31 PM merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बिहान १० बजे बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशक तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड हुने भएको हो ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको थियो ।

कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार ३ लाख ८ हजार ४१४ आवेदनबाट ५४ लाख ५७ हार ३४० कित्ता अर्थात ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर माग भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ५ सय जनाले मात्रै पाउनेछ भने बाँकी आबेदकको हाल खाली हुनेछ ।

आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० रहनेछ ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।