मौद्रिक नीतिको पर्खाईमा लगानीकर्ता, शेयर कारोबार मध्यम, नेप्सेमा सामान्य सुधार

Jul 09, 2019 03:48 PM merolagani



शेयर लगानीकर्ता राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहँदा बजार सामान्य रहेको छ । मर्जर र ब्याजदरका विषयमा मौद्रिक नीतिमा के कस्ता व्यवस्था आउलान भन्नेमा लगानीकर्ताको चासो देखिन्छ ।

मंगलबार अघिल्लो दिनको तुलनामा शेयरबजारमा सामान्य सुधार देखिएको छ ।

यस दिन नेप्से २.९२ अंकले बढेर १२५०.२७ अंकमा पुगेको छ । बजारमा सामान्य बढ्दा कारोबार रकममा पनि केहि बढोत्तरी आएको छ । मंगलबार ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

असार मसान्तको प्रभावले पनि कारोबार मध्यम देखिएको छ । राजश्व दाखिला एंवम कर्जाको साँवा–ब्याज तथा आयकर तिर्ने समय भएकाले पनि शेयरबजारमा केही दबाव परेको हो ।

एघार समूहको कारोबार भएको बजारमा होटल, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक ओरालो लागेको छ भने बाँकी सूचकमा सुधार देखिएकाे छ। जीवन बीमा समूह सबैभन्दा बढी २४.१२ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ३.८७ अंकले माथि लागेको छ ।  निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३७ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ६ करोड दुई लाखको कारोबार भएको छ। त्यस्तै लक्ष्मी बैंकको चार करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। नबिल बैंकको पनि साढे दुई करोड बढीको कारोबार भयो ।

हिजोदेखि कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।