अल्पकालीन लगानीकर्ता बन्ने की, दीर्घकालीन लगानीकर्ता ? निर्णय आफैँ गर्नुस् !

Sep 17, 2018 Merolagani

-आनन्द कुमार भट्टराई, उपसचिव- अर्थमन्त्रालय
यसलाई संयोग नै मान्नु पर्छ की संसारका धेरैजसो धनी ब्यक्तिले शेयर बजारमा लगानी गरेका हुन्छन् । यसले भाग्य बनाउनुको साथै बिगार्न पनि बेर लगाउँदैन । फोर्ब्सको टप टेन सूचीका वारेन बफेटलाई सायदै कुनै लगानीकर्ताले चिन्दिन भन्ला ? 

त्यसैले आर्थिक सुरक्षाको साथै आफ्नो परिवारको मनोकांक्षाहरु पूरा गर्न चाहिने श्रोतको जोहो गर्ने यो एक उत्तम माध्यम भएकोले यसमा लगानी गर्दा सोची सम्झी गर्नुपर्छ । 

नयाँ लगानीकर्ताले स्टक मार्केटको बारेमा सोच्दा जहिले पनि फटाफट शेयरको खरिद/बिक्री गरेर छिटो नाफा कमाउन सकिन्छ भन्ने सोच्छन् ।

तर, नाफा कमाउनको लागि शेयरको खरिद विक्री लगानीको उद्धेश्यको पूर्ति गर्ने एउटा बाटो त हुन सक्छ तर यो नै निर्विकल्प भने होईन ।

शेयर बजारमा लगानीकर्ताहरु विचलित भएको बारम्बार  सुन्ने गरिन्छ । खास गरि शेयर खरिद गरे पछि बढोस् भन्ने चाहनाको विपरित घटिरहेको हुन्छ अथवा मूल्यमा धेरै उतार-चढाव नहोस् भन्ने चाहन्छन् तर त्यसो भईरहेको हुँदैन । यसले गर्दा बजारको चाल अनुसार उनिहरुको रक्तचाप तथा मुटुको चाल पनि तल माथि भईरहेको हुन्छ जसलाई राम्रो मान्न सकिँदैन ।

यो समस्याको निराकरणको लागि लगानीकर्ताले आफ्नो लगानी वाहन ( Investing Vehicle) को प्रकृतिको बारेमा बढी परिचित हुन र खासगरी अल्पकालीन र दीर्घकालीन लगानीको बीचको फरक बारेमा जानकार हुन आवश्यक छ ।     

 

थोरै नाफाको लागि पनि छिटो-छिटो शेयर खरिद बिक्री गर्ने र एक वर्ष भन्दा बढी होल्ड गरेर नराख्ने ब्यक्ति तथा संस्थालाई कारोबारी (Traders) भनिन्छ भने लामो समयको लागि खरिद गर्ने र बजारको उतार चढावमा पनि विचलित नभई धैर्य पुर्वक होल्ड गरेर राख्नेलाई लगानीकर्ता (Investor) भनिन्छ ।  

 

शेयर बजारमा शेयर खरिद बिक्री गर्ने ब्यक्ति तथा संस्थालाई दुई वर्गमा विभाजन गर्न सकिन्छ । थोरै नाफाको लागि पनि छिटो-छिटो शेयर खरिद बिक्री गर्ने र एक वर्ष भन्दा बढी होल्ड गरेर नराख्ने ब्यक्ति तथा संस्थालाई कारोबारी (Traders) भनिन्छ भने लामो समयको लागि खरिद गर्ने र बजारको उतार चढावमा पनि विचलित नभई धैर्य पूर्वक होल्ड गरेर राख्नेलाई लगानीकर्ता (Investor) भनिन्छ ।

कारोबारी र लगानीकर्ता दुबै सफल हुन सक्छन् तर ती दुबैले सफलताको लागि भिन्न रणनीतिलाई पछ्याई राखेका हुन्छन् । यिनले गर्ने कारोबारको प्रकृति तथा धारण गर्ने समयको आधारमा यिनलाई अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्ता पनि भन्ने गरिन्छ ।

कारोबार गर्नेले जहिले पनि बजारको ट्रेण्ड अनुसार सानो-सानो परिवर्तनको लाभ उठाई छिटो-छिटो शेयरको  खरिद बिक्री गरी लाभ कमाउने प्रयत्न गर्छन् । तर लगानी (Investing) छिट्टै धनी हुने कुनै अचुक उपाय होईन न त यो छोटो समयको लागि केहि गरेर अकुत सम्पती कमाउने औजार नै हो । यो त एउटा लामो प्रक्रिया हो जहाँ बजारमा उतार-चढाव हुँदा धैर्यता, प्रतिबद्धता, सहनशीलताको आवश्यक्ता हुन्छ ।

कारोबारीले अल्पकालीन फाईदाको लागि बजारमा महिना, हप्ता वा केही दिन भित्रै शेयर खरिद बिक्री गर्दछन् । तिनीहरुले कम्पनीको दीर्घकालीन सम्भावनाको सट्टा प्राविधिक विश्लेषण र बजारको सूचनाको पछि लागि अल्पकालीन फाईदा लिन कारोबार गरिरहेका हुन्छन् ।

बजार अगामी दिनमा कता तिर जान्छ र त्यसबाट कसरी फाईदा लिने भन्ने विषयमा मात्र कारोबारीको ध्यान केन्द्रीत हुन्छ । तर लगानीकर्ताले जहिले पनि दीर्घकालीन हिसाबले सोचीरहेका हुन्छन् र बजारको गम्भिर उतार-चढावको बेलामा पनि शेयर होल्ड गरेर बस्छन् ।

लगानीकर्ताले कम्पनीको सम्भावना र दीर्घकालीन वृद्धिलाई ध्यानमा राख्छ भने कारोबारीले बजारमा मूल्यमा देखा पर्ने सानो-सानो अवमूल्यन वा उच्चमूल्यन (जसलाई Mispricing भनिन्छ) बाट फाईदा लिन्छन्। त्यसैले कुनै शेयरको Mispricing सच्चिने बितिकै त्यस्ता कारोबारीले अर्को अस्थायी Mispricing भएको शेयरको खोजीमा लाग्छन् भन्ने कुरा founder of Hyland Financial Planning in Akron, Ohio का Ryan Bayonnet ले भनेका छन् ।

 

“Trading may feel good in the short-term” , “but as an investor, time is your best friend.”--- Brian Schaeffer

 

कारोबार रणनीति

यदि तपाई कारोबारमा विश्वास गर्नु हुन्छ भने जोखिम न्यूनीकरणको लागि योजना बनाएर अगाडि बढ्नु राम्रो मानिन्छ । त्यस्ता केहि रणनिति निम्न बमोजिम हुन सक्छन् ।

  • कहिले खरिद गर्ने र कहिले बिक्री गर्ने त्यसको योजना बनाउनु होस् । उदाहरणको लागि एउटा निश्चित प्रतिशत भन्दा मूल्य तल माथि जाने बितिकै खरिद बिक्री गर्ने ।
  • आफ्नो योजनामा अडिग रहनुहोस् । यद्यपी एउटा कारोबारीको लागि यस्तो योजनामा बाँधिएर बस्न निकै कठिन हुन्छ ।
  • तपाई कति रुपैयाँसम्म गुमाउनको लागि तयार हुनुहुन्छ त्यो निर्क्यौल गर्नुहोस् र त्यो भन्दा बढी कारोबार नगर्नुहोस् । Chastain Wealth Management in Atlanta का founder Larren Odom ले आफ्नो लगानीयोग्य सम्पतीको ५% भन्दा बढीको कारोबार नगर्नु भन्ने सल्लाह दिन्छन् ।
  • आफ्नो दृष्टी सदैव खुला राख्नुस् र बजारको सानो-सानो उतार-चढावबाट पनि फाईदा लिने प्रयास गर्नुस् ।

लगानी रणनीति

लगानी गर्नु भनेको दीर्घकालमा सम्पती जोड्नु हो । विश्व शेयर बजारमा त्यस्ता धेरै उदाहरणहरु छन् जहाँ ब्यक्तीले १० हजार रूपैयाँबाट करौडौंको सम्पति जोडेका छन् । एउटा सफल लगानीकर्ताले अपनाउने केहि रणनीति निम्न बमोजिम हुन सक्छन् ।

  • खरिद, बिक्री तथा आफ्नो पोर्टफोलियोको Rebalancing को लागि उपयुक्त लगानी योजना बनाउनुहोस् । उदाहरणको लागि दीर्घकालीन लक्ष्य प्राप्तीको लागि बजारको उतार-चढाव अनुसार कतिपय लगानीकर्ताले आफूसँग भएको केहि शेयर बेचेर अन्य शेयरमा लगानी गरी पोर्टफोलियोलाई दुरुस्त राख्छन् ।
  • दीर्घकालको लागि तयार रहनुहोस् र बजारको उतार-चढावबाट धैर्य नगुमाई अनुशासित बन्ने प्रयास गर्नुहोस् । Brian Schaeffer, an advisor with Shanker Valleau in Skokie, Illinois ले “Trading may feel good in the short-term” , “but as an investor, time is your best friend.” भनेर भनेको कुरा हामीले बिर्सनु हुन्न ।
  • बजार प्रति वाचडग (Watch Dog) को भूमिका निर्वाह गर्नुहोस्। अर्थात बजारमा आफूसँग भएको कुनै शेयरको मूल्य एक्कासी २० प्रतिशतभन्दा बढीको वृद्धि भएमा त्यस्तो मूल्य दिगो ( Sustainable) हो कि होईन र पछि तल झर्छ की झर्दैन भन्ने आफैसँग सोध्नुहोस् । वृद्धि नाटकीय हो भने आफूसँग भएको शेयर बिक्री गरि समय पर्खेर बजार घटेको मौका छोपी त्यही शेयर खरिद गर्नुहोस् । यसबाट तपाईको पोर्टफोलियोको आकार बिना कुनै थप लगानी बढ्दै जान्छ । नबिर्सनुहाेस् की यस्तो मौका वर्षमा २/३ चोटी पक्कै आउँछ ।
  • बजार वियरिश ट्रेण्डमा गएर मूल्य न्यूनतम भएको बेलामा राम्रा कम्पनीमा लगानी गर्ने मौका नगुमाउनुहोस् । यसको फाईदा भनेको बजार केही उकालो लाग्नुको साथै प्राप्त हुने बोनस र नगद लाभाशंपछि पुन बजार तल झरेमा प्यानिक (Panic) हुने अवस्था आउँदैन र तपाईलाई शेयर हाेल्ड (Hold)  गरेर बस्न सक्ने उर्जा प्राप्त भई रहन्छ।
  • निकट भविष्यमा तपाईलाई पैसाको आवश्यकता पर्छ भने त्यस्तो रकम लगानी नगर्नुहोस् । किनकी यो जरुरी छैन की तपाईलाई आवश्यक परेको बेलामा शेयर मूल्य बढेको होस् । यदि मूल्य घटेको बेलामा रकमको आवश्यक्ता परेमा आफ्नो साँवा रकमबाट समेत हात धुनुपर्छ ।

 

 

बर्णशंकर (Hybrid) अवधारणा

अल्पकालीन लगानी रणनीति अपनाउने की दीर्घकालीन रणनीति भन्ने प्रश्न वास्तवमा जटिल छ । दुबैका आ-आफ्नै फाईदा बेफाईदाहरु छन् । कुनै पनि लगानीकर्ताले कहिले पनि आफ्नो लगानी डुबोस् भन्ने चाहँदैन । त्यसैले यी दुबै रणनीतिलाई आफ्नो पोर्टफोलियोमा समावेश गरेर जान सकिन्छ जसलाई बर्णशंकर अवधारणा अर्थात Hybrid Approach भनिन्छ ।

यो अवधारणा अन्तर्गत लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन  लगानीलाई आफ्नो पोर्टफोलियोमा समावेश गरेको हुन्छ । उसले न्यून जोखिम भएको शेयरमा दीर्घकालीन हिसाबले लगानी गरेको हुन्छ भने उच्च जोखिम भएको शेयरमा अल्पकालीन हिसाबले लगानी गरेको हुन्छ ।

लगानी डुब्दैन भनेर कुनै पनि लगानीकर्ताले ग्यारन्टी गर्न सक्दैन । त्यसैले क्रमश वृद्धि हुँदै गएको कम्पनीको शेयरले दीर्घकालमा ठिक्कको जोखिम (Moderate risk) सहित ठिकैको वृद्धि (moderate growth) गर्ने सम्भावना बढी हुने भएकोले यस्तो कम्पनीमा दीर्घकालिन लगानी राम्रो मानिन्छ ।

पोर्टफोलियोमा समावेश भएको  अल्पकालीन लगानी बढी जोखिमपूर्ण हुने भएकोले सदैव चनाखो हुनुपर्ने हुन्छ । लगानीको यस्तो अवधारणाले फाईदाको बढी सम्भावना बोकेको हुन्छ तर तपाई अल्पकालीन लगानीको उच्च जोखिमलाई सहन सक्ने हुनुपर्छ ।

केही लगानी टिप्स

नेप्सेले विगतमा देखाएको विभिन्न चालको आधारमा लगानीकर्ताको लागि उपयोगी हुने केही टिप्स यस्ता हुन सक्छन् ।

  • जहिले पनि समुद्रमा सर्फ गर्ने सर्फर जस्तो बन्नुहाेस् । सर्फरले समुद्रको छाल अनुसार आफुलाई गतिशील बनाई रहेको हुन्छ जसले गर्दा उ डुब्दैन । र कहिले काँही उच्च जोखिमको सम्भावना देखेर उसले Sudden Jump गरी आफ्नो पोजिशन परिवर्न गरी सुरक्षित अवतरण गरिरहेको हुन्छ ।

ठिक यस्तै रणनीति अनुसार लगानीकर्ताले पनि बजार घटबढको चाल अनुसार शेयर खरिद बिक्री गरेमा घाटा ब्यहोर्नु पर्दैन । किनकी बजारमा ठूला तथा चलाख खेलाडीले जहिले पनि बजारलाई कृतिम रुपले तल माथी गराई रहेका हुन्छन् ।

त्यसैले बजार बिना कारण एक्कासी बढ्दै गयो र आफ्नो लगानीमा २० प्रतिशत भन्दा बढीको मुनाफा प्रत्याभूत भएको अवस्था छ भने लोभ नगरी शेयर बेचर साँवा र नाफा हातमा लिएर बस्नु राम्रो हुन्छ ।

यो भनेको छालको उचाईबाट तपाईले सुरक्षित तलतिर छालको गति अनुसार अवतरण गरेको अवस्था हो । र एउटा बिन्दुमा झरीसके पछि बजार फेरी उकालो लाग्न थालेमा आफुले बिक्री गरेर प्राप्त गरेको रकमबाट फेरि खरिद गर्दै जानुलाई छालको लय अनुसार माथि तिर उक्लिदै जानुको अवस्था हो ।

त्यस्तै शेयर मूल्य अप्रत्यासित रुपले बिना कारण बढ्दै गएको छ र उक्त मूल्यलाई प्रमाणिकरण (Justify)  गर्ने कुनै आधार छैन भने सर्फरले Sudden Jump गरेको जस्तो आफ्नो सबै शेयर बिक्री गरी अन्यत्र लगानी गरी पोजिशन परिवर्तन गर्नुहोस् ।

उदाहरणको लागि केहि अगाडि नेपाल बैंकको शेयर २२०/२३० बाट उकालो लाग्दै गएर ६०० माथि पुगि क्रमश घटदै गई सायद बुक क्लोजको बेलामा रु.  झरेको उदाहरण हाम्रो सामु ताजै छ । उक्त बैंकको शेयर ६०० वा त्यस भन्दा माथि पुग्दा जसले बिक्री गर्यो त्यसलाई एक्सपर्ट सर्फर भन्नमा अत्युक्ती हुँदैन । 

  • आफ्नो लगानीको २० प्रतिशत जति रकमबाट अल्पकालीन लगानी (कारोबार ) गर्नुहोस् । तर यसरी कारोबार गर्दा एउटा निश्चित प्रतिशत बिन्दुलाई लक्ष्मण रेखाको रुपमा लिनुहोस् र मूल्य त्यो बिन्दुमा पुग्ने बितिक्कै बिक्री गरि अन्य Mispricing कम्पनीको शेयरमा लगानी गर्नुहोस् ।
  • बजार न्यून बिन्दुमा गएको बेलामा मात्र बजार प्रबेश अथवा लगानी गर्नुहोस् । यसले दीर्घकालमा बीच बीचमा बजार तल गए पनि तपाईले  प्यानिक (Panic)  हुने अवस्था आउँदैन । विगतमा बजार २९२ बिन्दुको कुरा छोडौं त्यहाँ पुग्नु भन्दा पहिले ७००/८०० बिन्दुमा हुँदा समेत जसले बजार प्रबेश गरेका थिए तिनले कहिले पनि चिन्ता लिनुपर्ने अवस्था हुँदैन ।
  • बजार एकदमै बुल भएको बेलामा बिर्सेर पनि बजार प्रवेश अथवा लगानी नगर्नुहोस् । यो भनेको आत्महत्या गरे सरह नै हो । विगतमा जसले बजार १८८१ पुग्दाको आसपासमा बजार प्रवेश गरे तिनको अहिले निद्रा हराएको अवस्था छ ।
  • कम्पनीको छनौट गर्दा विगत ५ वर्षको प्रगति, नगद लाभांश तथा बोनस शेयर वितरण तथा अगामी दिनको तिनको प्रगतिको अनुमान गरेर बलियो र थोरै भए पनि निरन्तर प्रतिफल दिने कम्पनीमा लगानी गर्नु होस ।
  • Buy and Hold भनेको खरिद गरेर आँखा चिम्लेर बस्नु भनेको पनि होईन । किनकी कतिपय राम्रा भनेका कम्पनीका शेयर मूल्य शुन्य पनि भएका उदाहरण हाम्रो सामु छन् । उदाहरणको लागि कुनै बेला राम्रो भनिएको नेकोन एयरको अस्तित्व मेटिए पछि त्यसमा लगानी गर्ने सबै डुबेका छन् । अत: हरेक ५/६ महिनामा अवस्था हेरेर आफनो पोजिशन परिवर्तन गर्न पछि पर्न हुँदैन । दश वर्ष अगाडि नोकिया ब्लुचिप थियो तर बजारको आकारमा भएको परिवर्तनको बावजुद यसको अस्तित्व दयनीय छ ।
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।