स्वरोजगारको २० प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन

Sep 20, 2018 Merolagani

स्वरोजगार लघुवित्त (SLBBL) को २० प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभाका लागि कम्पनीले असोज ५ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले असोज ४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन् ।

स्वरोजगारको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेकाे थियाे ।  

कम्पनीले आर्थिक बर्षको नाफाबाट २० प्रतिशत अर्थात दुई करोड ४४ लाख ९९ हजार ५५२ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश अर्थात १२ लाख ८९ हजार ४५० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो बोनस पारित गर्न कम्पनीले यहि असोज २० गते बिहान ११ः३० बजे सी डब्लु रेस्टुरेन्ट कमलादीमा दशौं बार्षिक साधारण सभा डाकेको छ । सभाले ३ जना प्रवर्धक सञ्चालकहरुको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन पनि गर्नेछ । 

लघुवित्तले गत आर्थिक बर्षमा तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा कायम गरेको थियो । बिहीबार लघुवित्तकाे सेयरमूल्य प्रतिकित्ता  ८४२ रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।