गुहेश्वरी मर्चेन्टले तोक्यो बुकक्लोज

Oct 09, 2018 Merolagani



गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी (GMFIL) ले १७ औं बार्षिक साधारण सभाका लागि शेयरधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ ।

फाइनान्स सञ्चालक समितिको असोज २२ गते सम्पन्न १९६ औं बैठकले कात्तिक ९ गतेदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार कात्तिक ८ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र फाइनान्सले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

फाइनान्सले कात्तिक १६ गते शुक्रबार १७ ओं बार्षिक साधारण सभा गर्दैछ । सभाले लाभांशमा लाग्ने कर सहित चार करोड २१ लाख पाँच हजार ६०० रुपैयाँ वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

फाइनान्सको चुक्ता पूँजी ८० करोड रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।