गुहेश्वरी मर्चेन्टले तोक्यो बुकक्लोज

Oct 09, 2018 Merolagani



गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी (GMFIL) ले १७ औं बार्षिक साधारण सभाका लागि शेयरधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ ।

फाइनान्स सञ्चालक समितिको असोज २२ गते सम्पन्न १९६ औं बैठकले कात्तिक ९ गतेदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार कात्तिक ८ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र फाइनान्सले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

फाइनान्सले कात्तिक १६ गते शुक्रबार १७ ओं बार्षिक साधारण सभा गर्दैछ । सभाले लाभांशमा लाग्ने कर सहित चार करोड २१ लाख पाँच हजार ६०० रुपैयाँ वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

फाइनान्सको चुक्ता पूँजी ८० करोड रहेको छ ।




पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।