सानिमा माई हाइड्राको लाभांश बुधबारसम्म कायम शेयरधनीले मात्र पाउने

Oct 10, 2018 Merolagani

सानिमा माई हाइड्रोपावर कम्पनी (SHPC) ले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज २४ गते बुधबार अन्तिम दिन रहेको छ ।

हाइड्रोपावर कम्पनीले कार्तिक ८ गते बिहीबार सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे सभा आह्वान गरेको छ ।

सो साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज २५ गते बिहीबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बुधबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

सातौं बार्षिक साधारण सभामा सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई आफुमा गाभ्ने विशेष प्रस्तावमा छलफल गरि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।