आरएमडिसी लघुवित्तले बोनस बढाएर नगद घटाएर घोषणा गर्यो लाभांश

Oct 12, 2018 Merolagani

लघुवित्तको थोक कर्जा प्रदायक संस्था रुलर माईक्रोफाईनाइन्स (RMDC) ले गत बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । अघिल्लो बर्षको भन्दा बोनस बढाएको लघुवित्तले कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

असोज २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस र दश प्रतिशत नगदगरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

गएको बर्ष कम्पनीले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले ७ करोड २६ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस र कर सहित उत्तिनै परिमाणमा नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी करिब ८० करोड पुग्नेछ । कम्पनीले गत आर्थिक बर्षमा २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४१ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।