किसान माइक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद स्वीकृत

Oct 13, 2018 Merolagani



किसान माइक्रोफाईनान्स वित्तीय संस्था (KMFL) को ५० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । बोर्डले असोज २५ गते बिहीबार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।

माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको २ बराबर १ कित्ताको अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन स्वीकृती पाएको हो । 

यससँगै अब लघुवित्तले बढीमा अबको दुई महिनाभित्रमा बुकक्लोज मिति तोकेर हकप्रद जारी गर्नेछ । माइक्रोफाइनान्सले शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

हकप्रदको लागि माइक्रोफाइनान्सले असार १४ गते धितोपत्र बोर्डमा आबेदन दिएको थियो । त्यसको करिब ३ महिना पछि हकप्रद स्वीकृत भएको हो । दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत घोषणा गरेको छ । बोनसपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ६० लाख पुग्नेछ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानीमा १९ रूपैयाँ २५ पैसा कायम गरेको छ । लघुवित्तको शेयर नेप्सेमा असोज २५ गते बिहीबार प्रतिकित्ता एक हजार ६५९ रुपैयाँमा कारोबार भएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।