सूर्या लाइफको ७०% हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत, चुक्ता पूँजी एक अर्ब ९२ करोड पुग्ने

Nov 30, 2018 Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को ७० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। इन्स्योरेन्सले हकप्रद बिक्रीका लागि गत कार्तिक १२ गते बोर्डमा आवेदन दिएकोमा करिब एक महिना पछि अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०ः७ को अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्नेछ । इन्स्योरेन्सले यस अघि नै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सूर्या लाइफले यसअघि बिक्री गरेको ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि एक अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । ७० प्रतिशत हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्त्ता पूँजी पुर्याउन इन्स्योरेन्सले शेयरधनीलाई फेरि हकप्रदको भारी बोकाएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दनी २२ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा र मुल्य आम्दानी अनुपात २३.७० गुणा बढी छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।