नाडेप लघुवित्तले पायो शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति

Nov 02, 2018 Merolagani



नाडेप लघुवित्त (NADEP) ले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट शुक्रबार स्वीकृती पाएको छ । केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको नाडेपले १६ लाख कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको थियो ।

हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लघुवित्तको गत भदौ १ गते सम्पन्न तेश्रो बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

११ करोड २० लाख पूँजी रहेको लघुवित्तले असार १० गतेदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेर १६ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो ।

शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।