एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदले पायो धितोपत्र बोर्डको अनुमति

Feb 12, 2019 Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) को ६० प्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद अनुमतिका लागि बोर्डमा दिएको निवेदनलाई स्वीकृत गरेको हो ।

कम्पनीले मङ्सिर १९ गते निवेदन दिएको थियो ।

एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएको हो ।

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख रुपैयाँ पुग्नेछ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।