नेपाल इन्स्योरेन्सको ६५% हकप्रद स्वीकृत, चुक्ता पूँजी एक अर्ब पुग्ने

Jan 28, 2019 Merolagani



नेपाल इन्स्योरन्स (NICL) ले धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्राप्त गरेको छ । हकप्रद जारीसँगै कम्पनीको बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्युनतम चुक्ता पूँजी कायम हुने भएको छ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरबिक्री गर्न अनुमति पाएको हो । 

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक यसअघि नै चयन गरिसकेको छ ।

हकप्रद निष्काश पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले  ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरकेो छ । धिताेपत्रकाे दाेस्राे बजारमा कम्पनीकाे शेयर प्रतिकित्ता ५७० रूपैयाँमा काराेबार भएकाे छ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।