उन्नति माइक्रोफाइनान्सको एक करोड १० लाखको हकप्रद बिक्रीमा आउने

Jan 10, 2019 Merolagani



उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) ले एक करोड १० लाखको रुपैयाँको हकप्रद बिक्री गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बेच्न पुस २० गते स्वीकृती प्रदान गरेको छ ।

उन्नति माइक्रोफाइनान्सले चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत अथाृत ५ः१ अनुपातमा एक सय रुपैयाँ अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

हकप्रद शेयरको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल रहेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको ४०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रस्तावित बोनस र हकप्रद शेयर बिक्रीपछि उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो त्रैमासमा लघुवित्तले ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा कायम गरेको छ ।

उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

पुस २५ गते बुधबार लघुवित्तकाे शेयर प्रतिकित्ता १८२४ रूपैयाँमा काराेबार भएकाे छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।