उन्नति माइक्रोफाइनान्सले घोषणा गर्यो अाकर्षक बाेनस

Nov 13, 2018 Merolagani



उन्नति माइक्रोफाइनान्स (UMB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई अाकर्षक बाेनस प्रस्ताव गरेकाे छ । लघुवित्तकाे सञ्चालक समिति बैठकले ४०.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद गरि कूल ४२. ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

हाल लघुवित्तको चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

गत अार्थिक वर्षमा लघुवित्तले ८४ लाख ८१ हजार रूपैयाँ खुद नाफा अार्जन गरेकाे थियाे ।  कम्पनीले तीन कराेड ५१ लाखकाे जगेडा समेत उपयाेग गरेर दुर्इ कराेड २२ लाख ७५ हजार रूपैयाँ बाेनस वितरण गरेकाे हाे । 

गत पुसमा एक लाख ६५ हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।

लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गरेर पूँजी बढाउन नियामक निकाय धितोपत्र बोर्डमा एक लाख १० हजार कित्ता शेयर जारी गर्न अनुमति मागेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।