शतप्रतिशत हकप्रदबाट पूँजी बढाउन लागेको मेरोको प्रगति कायमै

Nov 02, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) ले आफ्नो प्रगतिको रफ्तारलाई कायम नै राखेको छ। लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न शतप्रतिशत हकप्रद जारी गरेर आफुलाई अब्बल बनाउन तम्सिएको लघुवित्तले खुद नाफा ४४ प्रतिशतले बढाएको हाे ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा मेरो माइक्रोफाइनान्सले दुई करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । गत बर्ष कम्पनीको यस्तो नाफा एक करोड ९० लाख कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले ५३.६४ प्रतिशतले निक्षेप र १८.५७ प्रतिशतले सापटी रकम र ४२.३१ प्रतिशतले कर्जा लगानी विस्तार गरेको छ । लघुवित्तले ८४ करोड ९५ लाख निक्षेप संकलन, दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँ बैंकहरुबाट सापटी लिएर तीन अर्ब ६४ करोड९० लाख रुपैयाँ बराबरको कर्जा विस्तार गरेको छ ।

लघुवित्तले आफ्नो खुद ब्याज आम्दानी ३६.२४ प्रतिशतले सुधार गर्दै ७ करोड ९ लाख आर्जन गरेको छ । कम्पनीको सञ्चालन नाफा ४ करोड २५ लाख रहेको छ ।

गत बर्षको नाफाबाट १५ प्रतिशत बोनस बाँडेर ३२ करोड ८९ लाख चुक्ता पूँजी कायम गरेको लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत बर्ष २६ रुपैयाँ ६० पैसा रहेको थियो ।

यस अवधिमा ८ करोड २८ लाखको जगेडा कोष १० करोड ४१ लाख पुगेको छ । त्यस्तै लघुवित्तमा खराब कर्जा अनुपात केही बढेर १.४८ प्रतिशतमा बढेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६७ पैसा रहेको छ । उसको मूल्य आम्दानी अनुपात ३२.४० गुणा रहेको छ ।

नुवाकाेटमा बट्टारमा केन्द्रीय  कार्यालय रहेर ८० हजार ४५ विपन्न परिवारमा ८६ शाखा मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको यस लघुवित्तले आव २०७५।७६ मा वित्तीय पहुँच नपुगेको ग्रामिण क्षेमा शाखा विस्तार गरि प्रभावकारी सेवा सुविधा विस्तार गर्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण सेयर स्वामित्व रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।