नेरुडे लघुवित्तको खुद नाफा एक करोड रुपैयाँ नजिक

Nov 06, 2018 Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५८ लाख २ हजार रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा ४१ लाख २१ हजार रुपैयाँ खुद नाफा अार्जन गरेको थियो ।

३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २६ करोड ८७ लाख रुपैयाँ सञ्चित छ । 

लघुवित्तले एक अर्ब ९६ करोड रुपैयाँ सापटी र एक अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले यस अवधि सम्ममा १८ करोड ५३ लाख रुपैयाँ व्याज आम्दानी गरी ९ करोड ७२ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ । जसबाट ८ करोड ८० लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत वर्ष १.०६ प्रतिशत रहेको खराब कर्जा १.७० प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७४ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।