आरएमडिसी लघुवित्तको खुद नाफा एक करोड ३२ लाखले बढ्यो

Nov 06, 2018 Merolagani

रूरल लघुवित्त वित्तीय संस्था (आरएमडिसी RMDC)  ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ३२ लाख रुपैयाँले बढी हो । गत वर्ष ५ कराेड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आरएमडिसीको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ । 

यस अवधिमा कम्पनीले ५ अर्ब ९० करोड सपटी लिएर ७ अर्ब १४ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीले २४ करोड ४२ लाख रुपैयाँ व्याज आम्दानी गरेर १३ करोड ४ लाख रुपैयाँ ब्याज वापत खर्च गर्दा ११ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

कम्पनीको खराब कर्जा अनुपात ०.००४२ प्रतिशत रहेको छ । यस्तै प्रति शेयर आम्दानी ३५ रुपैयाँ ५१ पैसा र प्रति शेयर नेटवर्थ २६९ रुपैयाँ ८५ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।