बुटवल बेलहीया व्यापारिक मार्ग विस्तार कार्य चैतमा सकिने

Nov 23, 2018 RSS



बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तारको काम यही चैत मसान्तसम्म सकिने भएको छ । समयमा काम नगर्ने ठेकेदारलाई आयोजनाले कारवाही गरेका कारण चैत मसान्तसम्म काम सकिने भएको हो । पटक–पटक समयसीमा थप्दा पनि समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई आयोजनाले कारवाही गरेपछि पछिल्लो समयमा ६ लेन सडक निर्माणले तीव्रता पाएको छ ।

समयमा काम नगरेका कारण बेलहिया सडक व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण सेवा कम्पनीबाट रु तीन करोड ८७ लाख ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत ईश्वरीप्रसाद देवकोटाले जानकारी दिए ।

बुटवल–बेलहिया सडकको दुई स्थानमा सडक निर्माणको जिम्मा पाएको कालिका–तामाङ–प्यासिफिक–जेभिबाट रु तीन करोड ८७ लाख र अलकापुरी निर्माण सेवाबाट रु ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत देवकोटाले बताए ।

“समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरिएको छ, अहिले सडक विस्तार कार्यले गति लिएको छ, यही गतिमा अगाडि बढे चैत मसान्तसम्म सडक विस्तार पूरा हुन्छ”, आयोजनाका प्रवक्ता गोविन्द श्रेष्ठले भने ।

यो मार्गको अहिलेसम्म करीब ८० प्रतिशत काम सकिएको छ । २४ किलोमिटर सडकमध्ये अहिले मणिग्रामदेखि भैरहवा गोदार इञ्जिनीयरिङसम्म सडक निर्माणको काम भइरहेको छ । अब करीब पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०६६÷६७ मा शुरू भएको यो व्यापारिक मार्ग विस्तारका लागि विभिन्न चार चरणमा काम गरिएको छ । पहिलो चरणमा बुटवलको गोलपार्कदेखि योगीकुटी, दोस्रोचरणमा योगीकुटीदेखि मणिग्राम, तेस्रोचरणमा भैरहवादेखि बेलहियासम्मको काम सम्पन्न भएको छ, भने चाैथो चरणअन्तर्गत अहिले मणिग्रामदेखि भैरहवासम्मको सडक निर्माणको काम भइरहेको छ ।

तीस महीनामा मणिग्रामदेखि भैरहवा सडक विस्तारको काम सक्ने गरी चौथो चरणको सम्झौता गरिएको हो । आयोजना पूरा गर्न पाँच अर्ब ८६ करोडको ठेक्का भएको थियो । अहिलेसम्म रु चार अर्ब खर्च भइसकेको प्रवक्ता श्रेष्ठले बताए ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।