तिनाउ डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 09, 2018 Merolagani



तिनाउ डेभलपमेन्ट बैंक (TNBL) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि मंसिर २४ गते बुकक्लोज गर्ने भएकोले आज सम्म कायम शेयरधनीले लाभांश पाउनेछ ।

बैंकको बाह्रौं बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ९ बजे क्लब डेनोभो प्रा.लि बुटवलमा आह्वान गरेको छ । यस प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज मिति तोकिएको हो ।

बैंकले साधारण सभामा गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत शेयर र कर बापतको नगद लाभांश पारित गर्ने प्रस्ताव गरको छ ।

बैंकले सभामा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने रकम ६ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ३२ लाख एक हजार ६९४ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने भएको हो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।