एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, पुस १० गते साधारण सभा

Dec 11, 2018 Merolagani

एभरेष्ट बैंक(EBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

धिताेपत्रकाे दाेस्राे बजारमा बैंककाे शेयर साेमबार प्रतिकित्ता ५३४ रूपैयाँमा काराेबार भएकाे छ ।

बैंकले आगामी पुस १० गते बैंकको साधारण सभा आह्वान गरेको छ । लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभा मार्फत गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।

त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफा/नोक्सान हिसाब सहित बैंकको वासलातमाथि छलफल  गरि पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको एभरेष्टको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५६ पैसा छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।