बैंक अफ काठमाण्डूले बढाएर घोषणा गर्यो लाभांश, बोनस कति ?

Dec 14, 2018 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने  भएकाे छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं सञ्चालक समितिको बैंकले शेयरधनीलाई १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। 

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो भने बैंकको खुद नाफा भने एक अर्ब ५४ करोड ४६ लाख ७० हजार रूपैयाँ रहेको थियो ।  

अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १३.२५ प्रतिशत बोनस वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले ११.७५ प्रतिशतले लाभांश बढाएको हो । 

 

यस्ताे छ बैंककाे प्रथम त्रैमासिक वित्तीय विवरण :-

बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको तीन महिना अवधिमा आफ्नो खुद नाफा गत अावकाे प्रथम त्रैमासकाे तुलनामा ७२.६५ प्रतिशतले बढाएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकले ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले २२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट घट्यो

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले २७ करोड ५६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम २२ करोड ४० लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ५ करोड १५ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ११ करोड ११ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

प्रतिशेयर आम्दानी बढ्याे, निष्कृय कर्जा अनुपात घट्दै 

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिना अवधिमा बैंकमा २.०८ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.६१ प्रतिशतमा झरेको छ ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९२ पैसाबाट २१ रुपैयाँ ८८ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा रहेको छ।

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७७.४८ प्रतिशत रहेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र कोषको लागत ७.२० प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।