चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, पुस २७ गते एजिएम

Jan 02, 2019 Merolagani

चिलिमे जलविद्युत कम्पनी (CHCL) को २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि पुस १९ गते देखि बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीको शेयर पुस १७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ६८५ रुपैयाँमा कारोबार भएको छ ।

चिलिमेले लाभांश पारित गर्न पुस २७ गते शुक्रबार आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे २२ औं साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते सबैको सञ्चालक समितिको ३५१ औं बैठकले सो मितिमा सभा बोलाएको हो ।

साधारण सभामा यस अघि प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत अर्थात ७९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात १९ करोड ८२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने तयारी गरेको छ ।

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमा छलफल तथा अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभाले लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने तयारी पनि गरेको छ ।

३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

गत वर्षकाे २० प्रतिशत  बोनसपछि चिलिमेकाे ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।