जोशी हाइड्रोपावरको आईपिओ सहित ३७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Jan 06, 2019 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL) को ३७ लाख १४ हजार कित्ता शेयर आज (पुस २२ गते) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। कम्पनीले आईपिओपछि कायम भएको चुक्त्ता पूँजी बराबरको शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत जेठमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय र गत मंसिरमा आम सर्वसाधारणहरुलाई गरि जारी पूँजीको ४९ प्रतिशत अर्थात १८ लाख १९ हजार ८६० कित्ता शेयर बिक्री गरेको थियो । 

जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गरेको छ । चुक्ता पूँजीको बाँकी ५१ प्रतिशत शेयर स्वामित्व संस्थापकका छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न सार्वजनिक गरेको आह्वानपत्र (विवरणपत्र) मा यस कम्पनीमा गरिएकाे लगानी उठाउन ११ वर्ष समयावधि लाग्ने कम्पनीले प्रक्षेपण  प्रकाशन गरेकाे थियाे ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

यस्ता छन् आयोजनामा लगानी गर्ने मुख्य लगानीकर्ता

अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

सम्बन्धित समाचारहरू:-

जोशी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?

जोशी हाइड्रोको १७ करोडको आईपिओ मंसिर १६ गतेदेखि खुल्ने, रेटिङ्ग अत्यन्त कमजोर

जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने

आईपिओ पनि बिक्न छाड्यो, जोशी हाइड्रो ६५% बेच्न असफल

जोशी हाइड्रोपावरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर खुल्यो

जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आइपिओ निष्काशन गर्ने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।