सामुदायिक लघुवित्तको कारोबार सुचारु, ‘एसएलबिएसएल’ संकेतमा कारोबार हुने

Jan 21, 2019 Merolagani

सामुदायिक लघुवित्तको माघ ७ गते साेमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ । नेप्सेले लघुवित्तकाे शेयर कारोबारको लागि  एसएलबिएसएल (SLBSL) काराेबार संकेत प्रदान गरेकाे छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि १६८ रुपैयाँ ३७ पैसा देखि ५०५ रुपैयाँ ११ पैसामा कारोबार गर्न सकिने ओपनिङ्ग रेन्ज दिएको छ । ओपनिङ्ग रेन्जको आधारमा आज लघुवित्तको शेयर बजारमा कारोबार सुचारू हुनेछ । 

कम्पनीको आइतबार १० लाख कित्ता शेयर नेप्समा सूचीकृत भएको थियो ।

लघुवित्तले मंसिर २ गतेदेखि ५ गते सम्म ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्एर बाँकी रहेको २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण निष्काशन गरेको थियो ।

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर लघुवित्तले २ लाख ७३ हजार कित्ता शेयरमा सर्वसाधारणमा निष्काशन गरेको थियो ।

आईपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी दश करोड रुपैयाँ पुगेको भने संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।