धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’, ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यस्तै बोर्डले ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको हो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरिएका नियमावली तथा निर्देशनहरुलाई समय सापेक्ष बनाउन लागि समिति गठन गरी संशोधन गर्न लागेको हो । जसका लागि बोर्डले सरोकारवाला सबैलाई आवश्यक राय, सल्लाह तथा सुझाब उपलब्ध गराउन आग्रह समेत गरेको छ ।
सरोकारवालहरुले यही माघ १८ गतेभित्र बोर्डको नियमन तथा व्यवस्थापन विभाग कानून तथा प्रबलीकरण महाशाखामा आवश्यक राय, सल्लाह तथा सुझाब उपलब्ध गराउनु पर्नेछ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले बताएको छ ।