धितोपत्र बोर्डले भन्यो,'एक पटकमा ५ लाख बढीको कारोबार गर्न मात्र प्यान चाहिने'

Mar 21, 2019 Merolagani



नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सोभन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर प्यान चाहिने प्रष्ट पारेको छ । आगामी वैशाखदेखि पाँच लाख बढीको शेयर किनबेचमा प्यान अनिवार्य गर्न लागेको बोर्डले लगानीकर्तामा केही दुविधा पाइएको भन्दै पुन विज्ञप्ति जारी गरेको छ ।

दोस्रो बजारमा धितोपत्र खरीद वा विक्री गर्दा दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने बोर्डले प्रष्टयाएको छ ।

बोर्डले आगामी बैशाख एक गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार (खरीद वा विक्री) गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।

साथै सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरिएको पनि बोर्डले प्रष्ट पारेको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।