ओमको अधिकांश सूचक सकारात्मक, नाफा र खराब कर्जामा आकर्षक सुधार

Jan 25, 2019 Merolagani

ओम डेभलमेन्ट बैंक (ODBL) ले खुद नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा गत आवको यसै अवधिको तुलनामा ८ करोड ९९ लाख ६२ हजार रुपैयाँले बढेको छ। बैंकको नाफा १५ करोड ३ लाखबाट ५९.८५ प्रतिशतले बढेर २४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्राइम बैंकसँग विलिन हुने अन्तिम चरणमा रहेको यस बैंकले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ । दोस्रो त्रैमासिक अवधिमा बैंकले २३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरि २१ अर्ब ३४ करोड ६७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा कम्पनीले २४.६७ प्रतिशतले निक्षेप र ३५.३१ प्रतिशतले कर्जा लगानी विस्तार गरेको हो।

चालू आवको ६ महिनामा बैंकले खुद ब्याज आम्दानी ५२ करोड ३ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा ३२ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकले खराब कर्जा अनुपात वापतको नोक्सानी व्यवस्था ६ करोड १८ लाख पुगेको छ । कर्मचारी र अन्य सञ्चालन खर्च पश्चात बैंकको सञ्चालन नाफा ३७ करोड ३२ लाख रुपैयाँ छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

अघिल्लो वर्षमा बोनस बाँडेर १७.६९ प्रतिशतले चुक्ता पूँजी बढाएको ओमको पूँजीसँगै प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। बैंकको इपिएस १४ रुपैयाँ ७ पैसाबाट वृद्धि भई १९ रुपैयाँ ११ पैसा कायम भएको छ ।

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४ करोड रुपैयाँ संचित छ । यस अवधिमाा बैंकको जगेडा कोष १२ करोड ७३ लाखले जगेडा बढेको हो।

यस अवधिमा खराब कर्जा अनुपात १.१७ बाट घटाएर ०.६० प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १०.३१ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।