नेप्से सूचक १५ अंकले घट्यो, कारोबार रकममा १२ प्रतिशत गिरावट

Jan 26, 2019 Merolagani

धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक १४.९९ अंकले घटेको छ। आइतबार ११८७.७७ अंकमा खुलेको नेप्से सूचक १.२६ प्रतिशतले घट्दा साताको अन्तिम दिन बिहीबार ११७२.७८ बिन्दुमा झरेको हो। साथै कारोबार रकम पनि गत साताको तुलनामा १२.२० प्रतिशतले घटेको छ ।

सातामा कूल १८६ कम्पनीका ५५ लाख ४८ हजार ५४० कित्ता शेयर एक अर्ब ६२ करोड ५७ लाख ८० हजार रुपैयाँमा खरिद बिक्री भएका छन्। गत साताको तुलनामा कारोबार रकम १२.२० प्रतिशतले घटेको हो। गत साता १८४ कम्पनीका ५३ लाख ७० हजार ३८० कित्ता शेयर एक अर्ब ८५ करोड २०९ लाख रुपैयाँमा कारोबार भएका थिए ।

यस साता अपर तामाकोशीको सबैभन्दा धेरै १६ लाख ५३ हजार कित्ता शेयर ४८ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरि नागरिक लगानी कोषको १० करोड ८१ लाख, छिमेक लघुवित्त ४ करोड ६९ लाख, माछापुच्छ्रे बैंक ४ करोड ५९ लाख, प्रभु बैंक ३ करोड ७५ लाखको काराबार भएको छ ।

त्यसैगरि नेपाल बैंकको ३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार हुन पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९० लाख, नेपाल लाईफ इन्स्यारेन्स २ करोड ८५ लाख, एनएमिब बैंक २ करोड ७७ लाख र दशौं ठूलो कारोबार भएको एनआईसी एशिया बैंक २ करोड ४१ लाख रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ । यस साता पनि उत्कष्ट कारोबार हुने दश कम्पनीमा ६ वाणिज्य बैंकको परेका छन् ।

तीन दिन घट्दा दुइ दिन मात्र सूचक बढ्यो

साताका पाँच कारोबार दिनमा तीन दिन परिसूचक घटेकोे थियो भने दुई दिन बढेको छ। आइतबार, सोमबार र बिहीबार सूचक घट्यो भने मंगल र बुधबार दुई दिन सूचक बढेको हो । समग्रमा भने सूचक १४.९९ अंकले घटेको हो ।
कारोबार २२ करोड ६२ लाख रुपैयाँले घट्यो
नेप्से परिसूचकमा देखिएको गिरावटसँगै यस साता कारोबार रकममा २२ करोड ६२ लाख ४० हजार रुपैयाँले ह्रास आएको छ ।

गत साता स्टकमा एक अर्ब ८५ करोड २० लाख २० हजाररुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा यस साता एक अर्ब ६२ करोड ५७ लाख ८० हजार रुपैयाँको मात्र शेयर कारोबार भएको हो । यस साता औसतमा ३२ करोड ५१ लाख कारोबार भयो ।

समूहगत उपसूचकमा यस्तो देखियो उतारचढाव

यस साता गत साताको तुलनामा बैंकिङ्ग, अन्य, निर्जीवन बीमा, जीबन बीमा, लघुवित्त, वित्त, व्यापार, संस्थापक शेयरको कारोबार घटेको छ भने जलविद्युत, विकास बैंक, होटल्स्, उत्पादन तथा प्रशोधन र  सामूहिक लगानी कोषका इकाइको कारोबार रकममा वृद्धि देखिएको छ ।

यस साता जीबन बीमा कम्पनीको कारोबार रकम सबैभन्दा धेरै घटेको छ । गत साता १५ करोड १२ लाख ४० हजार कारोबार भएकोमा यस साता ४६.१२ प्रतिशतले घटेर ८ करोड १४ लाख ९० हजारमा सीमित भएको हो ।
गत हप्ताको तुलनामा यो हप्ता अन्य उपसमूहको सूचकको कारोबार रकम ४५.७२ प्रतिशत, निर्जीबन बीमा ४५.६२, बैंकिङ्गको ४१.६४, लघुवित्त २९.७९, फाइनान्स २०.७८, संस्थापकको कारोबार रकम १७.८६ प्रतिशतले घटेको छ ।

यस्तै जलविद्युत उप समूहमा उच्च प्रतिशतको वृद्धि भएको छ । यस उप सूचकमा गत साता ७ करोड ८४ लाख ५० हजार कारोबार भएकोमा यस साता ५६५.६० प्रतिशतले बढेर ५२ करोड २१ लाख ४० हजार पुगेको हो ।

यस्तै उत्पादन तथा प्रशोधन उपसमूहको कारोबार रकम ३७२.३० प्रतिशत, होटल १५९.९०, सामूहिक लगानी कोषका इकाईको कारोबार रकम ९३.६४ र विकास बैंकको कारोबार रकम ६.२१ प्रतिशतले बढेको छ ।

सूचक घटेसँगै गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण १.२३ प्रतिशतले गिरावट आएको छ । गत साता बजार पूँजीकरण १४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबाट घटेर १४ खर्ब ३० अर्ब ८० करोड रुपैयाँमा झरेको हाे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।