मुक्तिनाथको खुद नाफा ५३% बढ्दा कति पुग्यो प्रतिशेयर आम्दानी ?

Jan 30, 2019 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को खुद नाफा गत वर्षको पुस मसान्तको तुलनामा ५३.१३ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष दोस्रो त्रैमासमा २६ करोड ४३ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ४८ लाख खुद नाफा आर्जन गरेको छ।

बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ २ पैसाले सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमासमा २० रुपैयाँ ४० पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा २६ रुपैयाँ ४२ पैसा पुगेको हो । 

बैंकको व्यवसायको आकारसँगै खुद ब्याज आम्दानी बढेसँगै पूँजीवृद्धिको बाबजुत बैंकको इपिएस सहित समग्र सूचाङ्कमा उत्साप्रद सुधार गर्न सफल बनेको हाे। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ५३.८३ प्रतिशतले बढेर ८५ करोड ८७ लाख पुगेको छ । गत आवको पुस मसान्तसम्ममा बैंकले ५५ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ५९ करोड १७ लाखको चुक्ता पूँजी १८.२५ प्रतिशतले बढाएर ३ अर्ब ६ करोड ४७ लाख पुर्याएको छ भने जगेडा कोषमा ३४ प्रतिशतले सुधार गर्दै ८५ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकले ३८ अर्ब १३ करोड ८२ लाख निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले निक्षेप प्रतिशत र कर्जा लगानी प्रतिशतले बढाएको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०५ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा तथा मूल्य आम्दानी अनुपात १३.३२ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।