मेरो माइक्रोफाइनान्सकाे हकप्रद सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Feb 06, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स  वित्तीय संस्था(MERO) को एक बराबर एक अनुपातको (शतप्रतिशत) हकप्रद सुरक्षित गर्ने माघ २३ गते बुधबार अन्तिम दिन रहेको छ । मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ११८ रुपैयाँ रहेको छ ।

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गतेसम्पन्न ८१ औं बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेकाले बुधबारसम्म शेयरधनी कायम हुने लगानीकर्ताले मात्र हकबप्रदमा आवेदन दिन सक्नेछन् ।

माइक्रोफाइनान्सले बोर्डबाट माघ १४ गते सोमबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो।

हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ।

मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर, सञ्चालन नाफा ९ करोड ७२ लाख

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।