एनसेलबाटै पूँजीगत लाभकर असुल गर्न सर्वाेच्चको परमादेश

Feb 06, 2019 Merolagani



लामो विवाद पछि बुधबार सर्वोच्चको संयुक्त इजलाशले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे निर्णायक निर्णय लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच न्यायाधीशको पूर्ण इजलाशलेको परमादेश अनुसार एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिइएको छ ।

गत बिहीबारबाट सुरु भएको मुद्दामाथिको सुनुवाइमा निवेदक तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले मगंलबार बहस गरेका थिए । मंगलबार नै विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि बहस थालेका थिए ।

दुवै पक्षको बहस पछि बुधबार निवेदक र बिपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा बेञ्च समक्ष राखेका थिए ।

द्वारिकानाथ ढुङ्गेलका कानुन व्यवसायीले एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा बहस गरेका थिए भने एनसेलका तर्फबाट अदालत पुगेका कानुन व्यवसायीले स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए ।

स्वीडिस कम्पनी टेलिया सोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीलाई बेचेको थियो । उक्त खरिद बिक्रीमा नेपालले ६० अर्ब ७१ करोड कर उठाउन बाँकी थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।