एनसेल पूँजीगत लाभकर फैसलाः एक्जिएटाको शेयर मूल्यमा गिरावट

Feb 08, 2019 Merolagani



- सबिना बजगाई।
नेपालको सर्वाेच्च अदालतले एक्जिएटा ग्रुप ‘बीएचडीएस’ को स्वामित्वको सहायक कम्पनी एनसेलमाथि ६१ अर्ब रुपैयाँ (आरएम २.१६ बिलियन) पूँजीगत लाभकर बुझाउनुपर्ने आदेश दिएसँगै मलेसियाको एक्जिएटा कम्पनीको शेयर मूल्यमा ४.८७ प्रतिशतले गिरावट आएको छ।

शुक्रबार मध्यान्ह १२ः३० बजे एक्जिएटा कम्पनी बुर्सा मलेसियामा सबैभन्दा धेरै गुमाउने आठौँ कम्पनीका रुपमा दर्ता भएको थियो । त्यतिबेला ७० लाख ३ शेयर आरएम (मलेसियन मुद्रा) ३.७१ मा कारोबार भइरहेको थियो ।

लामो विवाद पछि माघ २३ गते बुधबार नेपालस्थित सर्वाेच्च अदालतको संयुक्त इजलाशले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे निर्णायक निर्णय लिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच न्यायाधीशको पूर्ण इजलाशले गरेको परमादेशमा एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन भनिएको छ ।

स्वीडिस कम्पनी टेलिया सोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । उक्त खरिद बिक्रीमा नेपालले ६० अर्ब ७१ करोड भन्दा धेरै कर उठाउन बाँकी थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।