एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण

Feb 21, 2020 01:38 PM Merolagani



एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत फागुन ८ गते मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

ईलामकी गंगामाया राईले दोश्रो महिनाको र रुपन्देहीका टीकाराम बलाल मगरले तेश्रो महिनाको विजेता बनि जनही १० लाख रुपैयाँ सो योजना अन्तर्गत जितेका छन्।

एनसेलले यो योजना मंसिर १ गते देखि तीन महिनाका लागि संचालन गरेको थियो। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दै आएका छन्। 

यसअघि सिराहाका जितेन्द्र कुमार कामतीले पुष १६ मा पहिलो मासिक विजेता बनि १० लाख रुपैयाँ पाएका थिए। 

बिहीबार योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले र १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले प्रतिव्यक्ति २ लाख रुपैयाँ पाएका हुन्। 


कलाकार जितु नेपाल र सन्ध्या के.सीले बिहीबार मासिक र साप्ताहिक विजयीलाई नगद हस्तान्तरण गरेका थिए। यस योजना अन्तर्गत ६० जना साप्ताहिक विजेतामध्ये ३४ जना ग्राहकले आफ्ना नगद पुरस्कार पाइसकेका छन् भने बाँकी प्रमाणिकरण प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा सोभन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्ने योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो। योजनाको प्रत्येक चार हप्ताको अन्त्यमा उक्त महिनाको एक भाग्यशाली ग्राहकको नाम पनि घोषणा गरिने व्यवस्था रहेको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।