सानिमा इन्स्योरेन्सको खुद बीमा शुल्क एक करोड

Feb 11, 2019 Merolagani

सानिमा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै इन्स्योरेन्सले पुर्नबीमा कमिशन आयबाट ९९ लाख ९३ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयवाट ९ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सको जगेडा कोषमा एक करोड ४१ लाख रुपैयाँ, बीमा कोषमा एक करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १७ लाख ८० हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले २ हजार ३७३ वटा बीमालेख जारी गरी ४ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

१४ वटा दाबी वापत कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १५ दाबी वापत ४४ लाख ३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।