युनिर्भसल पावरको आईपिओमा ५५ करोडको आबेदन, मंगलबार अन्तिम दिन

Feb 11, 2019 Merolagani



युनिर्भसल पावर कम्पनीको आइपिओमा झण्डै ५५ करोड बराबरको आबेदन परेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यूनिर्भसलको आईपिओमा सोमबार साँझ सम्ममा ५४ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको आबेदन परेको हो ।

क्यापिटलका अनुसार ५८ हजार ६२० आबेदनबाट ५४ लाख ४४ हजार ३६० कित्ता शेयर माग भएको हो । कम्पनीले माघ २५ गतेदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ निष्काशन गरेको हो ।

कूल निष्काशित शेयरमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आबेदन गर्न सकिनेछ ।

यस अनुसार सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको ३२ लाख ३० हजार १३२ कित्ता आइपिओ अझै बिक्री हुन बाँकी छ ।माघ २९ मंगलबार अन्तिम दिन भएकोले यो माग अझै बढ्ने देखिन्छ । त्यस समयमा सबै शेयर बिक्री नभए फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ता सम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।

कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७/७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।