मैलुङ खोला जलविद्युतलाई खराब रेटिङ्ग, ७ लाख ३६ हजार कित्ता आईपिओ आउने

Mar 15, 2019 Merolagani



मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको ७ लाख ३६ हजार २८६ कित्ता आईपिओलाई उक्त रेटिङ्ग दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था खराब रहेको जनाउछ ।

कम्पनीको आइपिओलाई खराब रेटिङ्ग पाएपनि शेयर निष्काशन गर्न भने पाउनेछ । धितोपत्र बोर्डले केहि समय अघि खराब रेटिङ्ग पाएका कम्पनीहरुले आईपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको छ ।

तर त्यस अघि नै स्थानीय आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरीसकेको कम्पनीलाई भने त्यो व्यवस्था लागु नहुने जनाएको छ । त्यस अनुसार मैलुङ खोला जुविद्युत कमपनीले भने सर्वसाधारणलाई शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाउने निश्चित छ ।

यस भन्दा अघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई शेयर निष्काशन गर्नुभन्दा अगाडि ग्रेड ४ रेटिङ्ग पाएको थियो । कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्न फेरी रेटिङ्ग गर्दा खराब रेटिङ्ग पाएको हो ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।