पाँचथर पावरको आईपिओमा ८१ हजारले गरे ३५ करोडको आवेदन

Mar 01, 2019 Merolagani



पाँचथर पावर कम्पनीले निष्काशन गरेको आईपिओमा शुक्रबार २ः३० बजे सम्ममा २.१५ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कुल ८१ हजार ८१० आवेदनबाट ३५ करोड १ लाख ८७ हजार रुपैयाँ बराबर अर्थात ३५ लाख १ हजार ८७० कित्ता शेयरको लागि आबेदन परेको हो।

आबेदनको तथ्या3क संकलन गर्ने क्रममा रहेकोले यो अझै बढ्न सक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटलको भनाई छ ।

प्रारम्भिक तथ्या3क अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँड गर्दा सबै आवेदनले न्युनतम १० कित्ता अनिवार्य पाउने देखिन्छ। माग शेयर संख्या अधिक भएपनि आवेदन गर्नेको संख्या थोरै भएपछि सबैले शेयर पाउने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणहरूको लागि फागुन १३ गते देखि बिक्रीमा ल्याएको हो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।