हिमाल दोलखा हाइड्रोले ७८ करोडको आइपिओ बिक्री गर्न पायो अनुमति

May 09, 2019 Merolagani



हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति दिएको छ ।

बोर्डले उक्त कम्पनीलाई आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता र सर्वसाधारणका लागि ६२ करोड रुपैयाँ ६२ लाख कित्ता गरी कुल ७८ करोडको आइपिओ निश्कासनको अनुमति दिएको हो ।

कम्पनीले कुल पूँजीको ४८.७५ प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।