पाँचथर पावरको आईपिओ फागुन १३ गतेदेखि खुल्ने, हजार रुपैयाँ भए पुग्ने

Feb 18, 2019 Merolagani



पाँचथर पावर कम्पनी (PPCL) ले सर्वसाधारणको लागि फागुन १३ गते देखि आईपिओ निष्काशन गर्ने भएको छ। स्थानीयले नकिनेको शेयर थप गरेर कम्पनीले १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको थियो ।

यसमध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

कम्पनीको शेयरमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि १०० रुपैयाँ प्रति कित्ताका दरले आवेदन दिन पाउने व्यवस्था छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली खमार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आइपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउछ ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ। आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७/७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM

माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।