माउन्टेन इनर्जी नेपालले ३९ करोडको आईपिओ बिक्री गर्ने

Mar 13, 2019 Merolagani



माउन्टेन इनर्जी नेपालले नियामक निकाय धितोपत्र बोर्डसँग आईपिओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्काशन गर्न अनुमति मागेको बोर्डले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड ३६ लाख ५ हजार चार सय रुपैयाँ बराबरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपिओ बिक्री गर्ने माग गर्दे निवेदन दिएको हो ।

कम्पनीले साधारण शेयर निष्काशनका लागि नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।