सहयोगी विकास बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Feb 24, 2019 Merolagani



सहयोगी विकास बैंक (SLBBJ) को १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने फागुन १२ गते आइतबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार फागुन १३ देखि २५ गतेसम्म बुकक्लोज गर्दैछ।

बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने हुनाले आइतबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।

बैंकले फागुन २५ गते शनिबार होटल मानकि इन्टरनेसनल जनकपुरधाममा दिउँसो १ बजे साधारण सभामा बोलाएको छ ।

सभामा बैंकले १७ प्रतिशत (८ करोड ६६ लाख ४३ हजार ५९४ रुपैयाँ) नगद लाभांश सहितका मर्जर प्राप्तीमा जान आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान लगायतका मुख्य एजेण्डा रहेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।