सहयोगी विकास बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Feb 24, 2019 Merolagani



सहयोगी विकास बैंक (SLBBJ) को १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने फागुन १२ गते आइतबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार फागुन १३ देखि २५ गतेसम्म बुकक्लोज गर्दैछ।

बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने हुनाले आइतबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।

बैंकले फागुन २५ गते शनिबार होटल मानकि इन्टरनेसनल जनकपुरधाममा दिउँसो १ बजे साधारण सभामा बोलाएको छ ।

सभामा बैंकले १७ प्रतिशत (८ करोड ६६ लाख ४३ हजार ५९४ रुपैयाँ) नगद लाभांश सहितका मर्जर प्राप्तीमा जान आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान लगायतका मुख्य एजेण्डा रहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।