मितेरी डेभलपमेन्ट बैंकको बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Feb 26, 2019 Merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ ।

फागुन १३ गते सोमबार बैंकको शेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ ।  

बैंकले चैत ९ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभाका लागि फागुन १५ गतेदेखि शेयरधनी दर्ता पसस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म काय रहने शेयरधनी मात्र बोनस पाउन योग्य हुनेछन् ।

बैंकको साधारण सभाले १७ प्रतिशत बोनस (८ करोड पचास लाख रुपैयाँ बराबरको) शेयर कर वापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले तेह्रो वार्षिक साधारण सभा चैत ९ गते बिहान ११ बजे गोर्खा किचन धरान, सुनसरीमा डाकेको छ ।

यस्तै अन्य एजेण्डाहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकको सम्पत्ति तथा दासयत्व मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, तथा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समतिलाई अख्तियारी दिने रहेका छन् ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक नियक्त गर्ने लगायतका अन्य एजेण्डा पनि सभामा रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । बोनसपछि उसको चुक्ता पूँजी ५८ करोड ५० लाख पुग्नेछ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।