कम्पनीको शेयर फागुन १९ गते आइतबार नेप्सेमा प्रतिकित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ ।
एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ ।