रसुवागढी र साञ्जेनको आईपिओमा एक हजार रुपैयाँदेखि आवेदन गर्न पाउने

Apr 12, 2019 Merolagani



अगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्न लागेका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा पनि लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले चैत २७ गते एक निर्देशन जारी गर्दै पूँजी बजार पहुँच देशव्यापी बनाउने भन्दै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाइने नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो।

सो व्यवस्था अनुसार रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतको दुबै कम्पनीको आईपिओमा १० कित्ता पनि भर्न पाउने व्यवस्था लागू गर्न सम्बन्धित कम्पनी तथा बिक्री प्रबन्धकहरुलाई निर्देशन दिइएको बोर्डले जनाएको छ।

यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए। आव्हानपत्र प्रकाशन गरिसकेको भएपनि आईपिओ निष्काशन हुन बाँकी रहेकाले सो निर्दैशन कार्यन्पयनमा कुर्नै समस्या नपर्ने पनि बोर्डले जनाएको छ।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गर्दैछ । साञ्जेन कर्मचारी र म्युचुअल फण्डलाइ ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा सर्वसाधारणमा बिक्रीमा ल्याउँदैछ।

दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

‘जनताको जलविदुत कार्यक्रम’ माप्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।