नियामकीय निर्देशन पालना पश्चात छिमेक लघुवित्तको लाभांश स्वीकृत

Apr 18, 2019 Merolagani



छिमेक लघुवित्त (CBBL) ले गत बर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ४० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार कैफियतहरु सुधार गरेपछि कम्पनीलाई प्रस्तावित लाभांश बाड्ने बाटो खुलेको हो ।

यस अघि राष्ट्र बैंकले वित्तीय विवरणका कैफियत भेटिएको भन्दै बोनस र नगद लाभांश बराबरको रकम सञ्चित कोषमा कायम रहने गरी गत आर्थिक वर्षको वित्तीय विवरणहरु प्रकाशन गर्न राष्ट्र बैंकले आदेश दिएको थियो । 

छिमेक लघुवित्तले राष्ट्र बैंकको निर्देशनअनुसार कैफियतहरु सुधार गरी पुन: लाभांश वितरणको अनुमति मागेकोमा राष्ट्र बैंकले बैशाख ५ गते लाभांश वितरणको अनुमति दिएको हो ।

अब कम्पनीले चुक्ता पूँजीको २२ प्रतिशत अर्थात २२ करोड रुपैयाँ बराबरको नगद लाभांस र १८ प्रतिशत अर्थात १८ करोड बराबरको बोनस शेयर बितरण गर्नेछ ।प्रस्तावित लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

हाल १ अर्ब चुक्ता पूँजी रहेको छिमेकको लाभांश बितरणपछि चुक्ता पूँजी १ अर्ब १८ करोड पुग्नेछ ।

राष्ट्र बैंकले छिमेक समाज संस्थाले सुरक्षण बापत जम्मा भएको रकमबाट गरेका लगानीहरु छिमेक लघुवित्त संस्थाको नाममा फिर्ता ल्याई सो लगानीहरु विनिवेश नगरुन्जेलसम्म लाभांश स्वीकृत नगर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम छिमेक समाज संस्थाको सबै प्रकारको सम्पत्ति तथा लगानी लघुवित्तको मातहतमा ल्याइएपछि लाभांश स्वीकृत भएको हो ।

गत आर्थिक वर्षमा लघुवित्तले ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर ६६ रुपैयाँ ३९ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।